सरकारले थाल्यो मल भित्र्याउन, असारको दोस्रो हप्तासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने

काठमाडौँ- वर्षा यामका लागि सरकारले चीन र भारतबाट मल भित्र्याउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असारको दोस्रो हप्तासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने छ ।
हाल ५१ हजार मेट्रिक टन डिएपी मल विशाखापटमबाट निर्यात भइरहेको र नेपाल भित्रिन सुरू गरेको छ ।
त्यस्तै १० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकोत्ताबाट नेपाल आयात भइरहेको जनाएको छ ।
जिटुजितर्फको २५ हजार मेट्रिक टन डिएपी जेठ ७ गतेबाट स्रोत मुलुकबाट नेपाल आउँदै गरेको र असारको दोस्रो हप्ताबाट नेपाल भित्रिन सुरू गर्ने कृषि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २५ हजार मेट्रिक टन डिएपी स्रोत मुलुक चीनबाट चलान भइसकेको र आज कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने छ ।
त्यस्तै ३० हजार मेट्रिक टन युरीया मल जेठ २७ गते कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिन सुरू हुने कृषि मन्त्रालय जनाएको छ ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया