सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

कार्यकारी निर्देशकका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको समय तोकियो

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा उम्मेदवारी दिएकाहरू उम्मेदवारहरूलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि समय तोकिएको छ । 

सिफारिस समितिले कार्यकारी निर्देशक पदमा उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई समय र स्थान तोकेको हो ।

सिफारिस समितिको सूचनाअनुसार निराजन भट्टराईलाई कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बिहान ८ बजे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तोकिएको छ । उनको अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान ८ बजे कृषि मन्त्रालयमा हुने उल्लेख छ ।

त्यस्तै बालक चौधरीलाई पनि कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बिहान ८ बजे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बोलाइएको छ । चौधरीको पनि अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान ८ बजे कृषि मन्त्रालयमा हुने सूचनामा उल्लेख छ ।

त्यसैगरी डा. मोगलप्रसाद साहको कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बिहान ८ बजे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बोलाइएको छ । साहको पनि अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान ८ बजे कृषि मन्त्रालयमा हुने बताइएको छ ।

डा. राजेन्द्रप्रसाद यादवको कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बेलुका ५:१५ बजे कृषि मन्त्रालयमा हुने सूचनामा लेखिएको छ । उनको अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान बेलुका ५:१५ कृषि मन्त्रालयमा हुनेछ ।

रामप्रसाद पौडेलको पनि कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बेलुका ५:१५ बजे कृषि मन्त्रालयमा बोलाइएको छ । पौडेलको अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान बेलुका ५:१५ कृषि मन्त्रालयमा हुनेछ ।

डा. सितलकाजी श्रेष्ठको पनि कार्ययोजना प्रस्तुतीकरणका लागि जेठ २८ गते बेलुका ५:१५ बजे कृषि मन्त्रालयमा हुने सूचनामा लेखिएको छ । पौडेलको अन्तरवार्ता भने जेठ २९ गते बजे बिहान बेलुका ५:१५ कृषि मन्त्रालयमा उल्लेख छ ।