आइसीसीले भन्यो- न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुँदैछ

काठमाडौँ- आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।
पिचबारे आलोचनापछि आइसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ ।
आइसीसीले भनेको छ 'भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिनपछि आइसीसीले भनेको छ 'नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामीले सबैले चाहेजस्तो भएको छैन । विश्व-स्तरीय टिमले भारत-आयरल्याण्डको खेल समाप्त भएदेखि नै परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि उत्कृष्ट सम्भव पिच बनाउन कडा मेहनत गरिरहेका छन् ।'
यसै पीचमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अलआउट गरेको थियो । यी खेलका नतिजापछि क्रिकेट विज्ञहरूले यस मैदानका बीच टी-२० खेलका लागि उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन् ।
यसै मैदानमा आगामी आइतबार भारत र पाकिस्तानबीचको खेलसहित समुह चरणका ६ खेल हुँदै छन् ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6qXmQddoOh_ulhaeidvc2ceb0mb8v2nzxpsmklqoyitc3zwajluvdebnokrxccmmvdqgonb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया