ताइवानको बधाईमा मोदीको प्रतिक्रियाप्रति चीनको विरोध
काठमाडौँ- ताइवानका राष्ट्रपति लाइ चिङको बधाई सन्देशमा भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले विरोध गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनको समाचार एजेन्सी ग्लोबल टाइम्सलाई भने 'ताइवानका नेतालाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाप्रति चीनले आपत्ति जनाएको छ । चीनसँग कूटनीतिक सम्बन्ध राख्ने सबै देशका नेताहरूले ताइवानका नेताको प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् । चीनले ताइवानका नेताहरूसँगको आधिकारिक वार्ताको विरोध गर्दछ ।'
उनले भनेका छन् 'विश्वमा एउटा मात्र चीन छ । भारतले एक चीन सिद्धान्तका सम्बन्धमा गम्भीर राजनीतिक प्रतिबद्धता देखाएको छ । ताइवान अधिकारीहरूको राजनीतिक योजनाहरूप्रति सजग रहनुपर्छ र एक चीन सिद्धान्तलाई उल्लङ्घन गर्ने कुनै पनि कार्यबाट अलग रहनुपर्छ ।'
यस अघि ताइवानका राष्ट्रपति लाइ चिङले सामाजिक सञ्जाल प्लेटफर्ममा मोदीलाई चुनावमा भएको जितको लागि बधाई दिएका थिए ।
त्यसको जवाफमा मोदीले भने, 'तपाईंको शुभकामनाका लागि लाइ चिङलाई धन्यवाद । म लाभदायक आर्थिक र प्राविधिक साझेदारीमा काम गर्न तत्पर छु ।'

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया