पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित

काठमाडौँ- अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ ।
समुह 'ए' अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।
सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाएपछि खेल अमेरिकाले ५ रनले जितेको थियो ।
यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि खेलको निर्णय सुपरओभरमा भएको थियो । अमेरिकाले अन्तिम बलमा ५ रन आवश्यक रहेकोमा चौका हानेपछि रन बराबरी गरेको थियो ।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्बाधिक ५० रन बनाएका थिए भने आन्द्रिज गोउसले ३५, एरोन जोन्सले अविजित ३६ रन बनाएका थिए ।
यसअघि पकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए भने शडाब खानले ४० रन बनाएका थिए । त्यस्तै शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए ।
त्यसैगरी अमेरिकाका बलर नोस्थुस केनिज्गेले ३ तथा सौरभ नेत्रभालकरले २ विकेट लिएका थिए ।
यो जितपछि समुह 'ए'मा अमेरिकाले लगातार दुई खेल जितेर ४ अंक हासिल गरेको छ । यस अघि अमेरिकाले क्यानडालाई पराजित गरेको थियो ।
अब पाकिस्तानले अर्को खेल आइतबार भारतविरुद्ध खेल्दैछ भने अमेरिकाले भारतविरुद्ध जुन १२ मा खेल्ने छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया