एमाले काठमाडौँको सातौं जिल्ला अधिवेशन शनिबारदेखि, बन्द सत्रमा ५८५ जना प्रतिनिधि

काठमाडौँ- नेकपा एमाले काठमाडौँको सातौं जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६, २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए ।
अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको जानकारी उनले दिएका छन् ।
'हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौं । त्यतिखेरसम्म हाम्रा प्रतिवेदनहरूमाथि छलफल गरेर पारित गरिसक्ने छौं,' उनले भने ।
बबरमहलस्थित कार्की ब्याङ्गक्युटमा ५८५ जना प्रतिनिधिहरूको सहभागितामा हुने बन्द सत्रमा पार्टीको कामको समीक्षा, राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।
प्रतिवेदनमाथि प्रतिनिधिहरूले गहन छलफल गरी आगामी दिनमा पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा विकसित गर्न काठमाडौँमा पार्टीका कामहरू अगाडि बढाउन योजना बनाउने छ ।
यो अधिवेशनले राष्ट्रिय राजनीति र जनसरकारका विषयहरूमा समसामयिक प्रस्तावहरू पारित गर्ने र पार्टी विधानमा व्यवस्था भएअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसिचवहरूलगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ ।
जिल्ला अधिवेशनलाई भव्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष निरौला बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया