संसदमा के छलफल चलिरहेको छ भन्ने नै बिर्सिए केसीले

काठमाडौं - बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । छलफलमा भाग लिन रोस्टम उक्लिए प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद राजेन्द्र कुमार केसी ।
केसी रोस्टममा पुगेर बोल्न थाले । उनले भने, 'शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको राष्ट्रिय सभामा उत्पति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयकमा हामी छलफल गर्दैछौं।' उनी यतिमै रोकिएनन् । यो अत्यन्त संवेदनशील भनेपछि केही बेर रोकिए ।
त्यसपछि सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक भएको स्मरण गराइन् । अनि केसीले भने सुरक्षण विधेयकमा छलफल हैन ? जवाफमा रानाले हैन विनियोजन विधेयकमा भनिन् ।
त्यसपश्चात् सांसदहरू गल्ल हाँसे । त्यसपछि केही बेर मौन रहँदै केसीले हास्दै बोल्न थाले ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया