थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द

काठमाडौँ- गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको उल्लेख छ ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो । सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा पाँचजनाको अकालमा मृत्यु भएको थियो ।

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_SeLjgJWGwp_tvs7hwmmpmvkp9en94qu6w8s44duvwi589rwg9q7uwrcgcto38iltvyytq7u.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

प्रतिक्रिया