आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

टी-२० विश्वकपमा आज तीन खेल

काठमाडौँ- जारी आइसीसी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन् ।

आज पहिलो खेल समुह 'सी' मा रहेका पीएनजी र युगाण्डाबीच हुनेछ ।

गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ५: १५ बजेदेखि शुरु एको छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले अ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । 

त्यस्तै आज दोस्रो खेल समुह 'बी'मा रहेका अस्ट्रेलिया र ओमानबीच भइरहेको छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि भइरहेको छ ।

यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ । यो अस्ट्रेलिया र ओमानले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय टी-२० क्रिकेट हो ।

त्यस्तै आज तेस्रो खेल समुह 'ए' अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।