जनादेश प्रधानमन्त्री मोदी र उहाँको राजनीतिक शैलीविरुद्ध छ : खड्गे

भारत - काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बुधबार लोकसभा चुनावको नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि व्यक्तिगतरूपमा राजनीतिक क्षतिका साथै ‘नैतिक पराजय’ भएको बताएका छन ।
“म इन्डिया गठबन्धनका सबै साझेदारहरूलाई स्वागत गर्दछु । हामीले राम्रोसँग, एकजुट भएर र दृढतापूर्वक लडेका छौँ । जनादेश निर्णायकरूपमा मोदी र उहाँको राजनीतिको सार र शैलीको विरुद्धमा छ । यो उहाँको लागि व्यक्तिगत रूपमा नैतिक पराजय पनि हो”, आफ्नो निवासमा आयोजित ‘इन्डिया गठबन्धन’ बैठकमा उनले भने, “भारतले हाम्रो संविधानको प्रस्तावनामा निहित मूल्य र आर्थिक, सामाजिक तथा राजनीतिक न्यायका लागि यसका धेरै प्रावधानप्रति मौलिक प्रतिबद्धता साझा गर्ने सबै पक्षहरूलाई स्वागत गर्दछ ।”
बैठकमा सहभागी हुनका लागि भारतका कैयौँ नेता काङ्ग्रेस अध्यक्षको घर पुगेका छन् । बैठकमा काङ्ग्रेस संसदीय दलका अध्यक्ष सोनिया गान्धी र नेता राहुल गान्धी पनि पुगेका थिए । केन्द्र सरकार बनाउने रणनीतिबारे छलफलका लागि बैठकअघि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव आफ्ना काका रामगोपाल यादवसँगै खड्गे निवास पुगेका थिए ।
काङ्ग्रेस कार्यकर्ताहरूले दिल्लीमा काङ्ग्रेस अध्यक्ष खड्गेको निवासबाहिर पार्टी नेता राहुल गान्धीको समर्थनमा नारा लगाएका थिए ।
उता एनडीए नेताहरूले एनडीए बैठकमा सर्वसम्मतिले नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्न प्रस्ताव पारित गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री मोदीले जुन ८ मा तेस्रो पटक सपथ लिनेछन् ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया