अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते सर्वोच्चले फैसला सुनाउने

काठमाडौँ - सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने पेशी तोकेको छ । सशस्त्र द्वन्द्वकालीन घटनाका सन्दर्भमा पूर्वसभामुख सापकोटासँग जोडिएको मुद्दा लामो समयपछि सुनुवाइ सकेर असार १२ गते फैसला गर्ने भएको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मीको संवैधानिक इजलासमा आज सुनुवाई सकिएपछि असर १२ लाई फैसलाको दिन तोकेको हो ।
सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी दिएकी थिइन् ।
यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया