मनसुन पूर्वतयारी प्रतिकार्य योजना सार्वजनिक

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरु भएदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर कार्य गरिने जनाइएको छ । यही जेठ २१ ग्ते उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त कार्ययोजना पारित गरेको थियो ।
प्राधिकरणले यस वर्ष १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए । उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

आज बुद्ध जयन्ती मनाइँदै

घर भाडामै सक्यो ६० लाख

आज तपाइको राशिफल कस्तो छ?

दही र महीको माग बढ्दै

प्रतिक्रिया