वातावरण पत्रकारिता पुरस्कार सिंहलाई

काठमाडौँ- नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले 'विश्व वातावरण दिवस जून ५'को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार-२०२३ पत्रकार वसन्तप्रताप सिंहलाई प्रदान गर्ने भएको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कार प्रदान गर्न लागेको हो ।
समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य-तथ्याङ्ग, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्वअध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्वमहासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।
समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार-२०२३' पाउने उनी ३७औं पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने जनाइएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया