टी-२० विश्वकपमा नेपालको खराब शुरुवात, नेदरल्याण्डससँग पराजित

काठमाडौँ- जारी टी-२० विश्वकपमा नेदरल्याण्डससँग नेपाल पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । नेदरल्याण्डससँग खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा दुवै ओपनरलाई गुमाइ सकेको थियो ।
नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए ।
त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शून्यमा आउट भएका थिए ।
त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए ।
सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए ।
यो जितपछि नेदरल्याण्डसले समुह डी मा महत्वपूर्ण २ विकेट हासिल गरेको छ ।
अब नेपालले अर्को खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्ने छ भने नेदरल्याण्डसले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया