सिद्धार्थ हस्पिटालिटीको नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष अफर

काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाल र नेदरल्यान्डस् बीचको क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीको नाम सही अनुमान गर्ने दुई भाग्यशालीलाई एक रातको लागि नि:शुल्क रुम तथा ब्रेकफास्ट प्रदान गर्ने घोषणा गरेको छ ।
पछिल्लो समय नेपालमा बढ्दै गएको क्रिकेटको क्रेज र नेपाली टोलीले विश्वकप खेल्न लागेको खुसियालीमा यो घोषणा गरिएको बिजनेस डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले बताए ।
यस अफरले नेपाली क्रिकेट प्रेमीहरूलाई खेलसँग अझ नजिक ल्याउने र खेलाडीहरूलाई पनि उत्साहित गर्ने लक्ष्य राखेको उनको भनाइ छ । अफरमा भाग लिन चाहनेहरूले खेल सुरु हुनु अगाडि आफ्नो अनुमान सिद्धार्थ हस्पिटालिटीको फेसबुक पेज तथा अन्य सोसल मिडिया पेज मार्फत पठाउन सक्नेछन् ।
सही अनुमान गर्ने दुई जना भाग्यशालीलाई सिद्धार्थ हस्पिटालिटीको आउटलेटमा एक रातको लागि नि:शुल्क रुम तथा ब्रेकफास्टको सुविधा प्रदान गरिने पन्तले बताए ।
सिद्धार्थ हस्पिटालिटीले आफ्ना सबै शाखाहरूमा नेपाल सहभागी हुने सबै खेलहरूमा यस्तै प्रकारको अफर राखेको जनाएको छ । साथै अन्य देशहरूको खेलमा समेत विभिन्न उपहारहरूको घोषणा गरेको छ। यस अभियानको मुख्य उद्देश्य नयाँ खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै खेलप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नु रहेको पन्तको भनाइ छ ।
सिद्धार्थ हस्पिटालिटीले यसअघि पनि विभिन्न खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया