डेनिस समर्थकका अगाडि मैले गोलको खुशीयाली मनाउनु उचित हुन्थेन : डे ब्रुएना
काठमाडौँ: बेल्जियमले युरो २०२० को प्रि-क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । समूह बी मा आफ्नो पहिलो खेलमा रुसलाई ३-० ले हराएको बेल्जियम दोस्रो खेलमा डेनमार्कविरुद्ध २-१ ले विजयी भयो । बेल्जियमको पहिलो खेलमा अनुपस्थित भएका केभिन डे ब्रुएनाले डेनमार्कसँगको खेलमा निर्णायक गोल गरे । त्यो पनि दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेर ।
गोलकर्ता डे ब्रुएनाले गोलको खुशीयाली भने मनाएनन् । डेनमार्कको टेलिया पार्केन रंगशालामा भएको खेलमा आफूले डेनिस समर्थकमाझ जानाजान गोलको खुशीयाली नमनाएको डे ब्रुएनाको प्रतिक्रिया थियो । ‘मलाई गोलको खुशीयाली मनाउन मन लागेन । किनभने डेनिस समर्थकहरू प्रति मेरो सम्मान छ । गत साता घटेको घटनाका कारण पनि मैले डेनिस समर्थकहरुको अगाडि खुशीयाली मनाउन उपयुक्त हुँदैन थियो,’ डे ब्रुएनाले भने ।
गत साता डेनमार्कका प्लेमेकर क्रिस्टियन एरिक्सन खेल दौरान मैदानमा ढलेका थिए । हाल उनको उपचार भइरहेको छ । बिहीबार खेलबीचमै एक मिनेटका लागि ताली बजाएर एरिक्सन प्रति सम्मान र स्नेह प्रकट गरिएको थियो ।
डेनमार्कविरुद्धको खेलबाट युरो २०२० को सुरुवात गरेका डे ब्रुएनाले तारिफयोग्य खेल देखाए । ४६ औँ मिनेटमा मैदान प्रवेश गरेका डे ब्रुएनाकै पासमा गोल गर्दै थोर्गन हाजार्डले खेललाई १-१ को अवस्थामा पुर्याएका थिए । म्यानचेस्टर सिटीका मिडफिल्डर डे ब्रुएनाले ७० औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । यसपटक डे ब्रुएनालाई पास दिए थोर्गनका दाजु एडनले ।
‘मैदान प्रवेशथ गर्नुअघि मलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले टिमका अन्य एट्याकरका लागि मौका सिर्जना गर्नु भनेका थिए । तर मैले गोल पनि गरे,’ डे ब्रुएनाले बेल्जियमको स्थानिय सञ्चार माध्यम आरबीटीएफसँग भनेका छन् । अब बेल्जियमले समूहको आफ्ने अन्तिम खेलमा सोमबार फिनल्यान्डको सामना गर्नेछ ।

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

प्रतिक्रिया