कान्ति लोकपथ सकड खण्ड जेठ २५ देखि पूर्णरूपमा खुला रहने

मकवानपुर- कान्तिलोकपथ सडक यही जेठ २५ गतेदेखि पूर्णरूपमा खुला हुने भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत वैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरूपमा सञ्चालनमा आउने भएको बताए ।
उक्त सडक आज साँझ ६ देखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ देखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले बताए । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भासिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरूपमा बन्द भएको थियो ।

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

प्रतिक्रिया