सुपर ओभरमा नामिबियासँग हार्यो ओमान

काठमाडौँ- जारी आइसिसी टि-२० विश्वकपमा नामिबियाले ओमानलाई हराएको छ । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्रै बनायो ।
सुपर ओभरमा नामिबियाका लागि डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जोडे ।
यसअघि नामिबिया र ओमानले बराबरी खलेका थिए । निर्धारित २० ओभरमा नामिबियाले १०९ बनाउँदै बराबरी खेल्यो । ओमान भने १९.४ ओभरमा अलआउट भएको थियो
सोमबार बिहान टस जितेर नामिबियाले फिल्डिङ रोजेको थियो । ओमानले दिएको ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १०९ रन मात्र जोड्न सक्यो । अन्तिम समयमा निकै रोमाञ्चक बनिरहेको खेल बराबरीमा रोकियो ।
नामिबियाका माइकल भान लिङ्गेन २ बल खेलेर आउट भए । उनले रन बनाउन सकेनन् । त्यस्तै निकोलस डेभिन ३१ बलमा २४ रन बनाएर आउट भए ।
नामिबियाका कप्तान जेराल्ड इरास्मसले १६ बलमा १३ रन जोडेर आउट । त्यसैगरी जोनाथन स्मिथले पनि १२ बलमा ८ रन बनाउँदै आउट भए ।
जेन फ्राइलिंकले ४८ बलमा ४५० रन बनाएर आउट भए ।
त्यसैगरी डेभिड विसले ८ बलमा ९ रन जोडे । मेलन क्रुगरले १ बलमा १ रन बनाए ।
त्यस्तै ओमानका लागि अलराउन्डर खालिद काइल ३९ बलमा ३४ रन बनाए । त्यस्तै ब्याट्सम्यान जिसन मक्सुदले २० बलमा २२ रन बनाएका थिए । त्यसैगरी अर्का ब्याट्सम्यान आयान खानले १५ रन भने बलर शकील अहमदले ११ रन बनाए ।
नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी अलराउन्डर डेभिड विसले ३ विकेट लिएका थिए । अलराउन्डर जेर्हार्ड इरास्मसले २ विकेट लिए भने बलर बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।
नामिबिया र ओमान दुवै टोली तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो भने ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया