नामिबियाका ट्रम्पलम्यान चम्किँदा ओमान १०९ रनमै अलआउट

काठमाडौँ- आइसिसी टि–२० विश्वकपमा नामिबियालाई ओमानले ११० रनको लक्ष्य दिएको छ । सोमबार बिहान टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरूद्ध ओमान १९.४ ओभरमा १० विकेट गुमाउँदै अलआउट भयो ।
पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले सुरूवातमै खराब प्रदर्शन गरेको थियो ।
ओमानका लागि अलराउन्डर खालिद काइल ३९ बलमा ३४ रन बनाए । त्यस्तै ब्याट्सम्यान जिसन मक्सुदले २० बलमा २२ रन बनाएका थिए । त्यसैगरी अर्का ब्याट्सम्यान आयान खानले १५ रन भने बलर शकील अहमदले ११ रन बनाए ।
नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी अलराउन्डर डेभिड विसले ३ विकेट लिएका थिए । अलराउन्डर जेर्हार्ड इरास्मसले २ विकेट लिए भने बलर बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।
नामिबिया र ओमान दुवै टोली तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो भने ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।
हालसम्म ६ खेल भएकामध्ये नामिबियाले ४ र ओमानले २ खेल जितेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया