स्थानीय तहका जनप्रतिनिधिले मागे कटौती भएको बजेट

काठमाडौँ- स्थानीय तहका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले आज अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै उक्त बजेट तुरुन्त पठाउन माग गरेका हुन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले चालु आव २०८०/८१ को अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान सरकारले कटौती गरेपछि स्थानीय तह निकै समस्यामा परेको बताए । उनले काटिएको बजेट तत्काल पठाउन माग गरिएको बताए ।
'बजेट काटिएपछि स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्तालाई दिनुपर्ने रकम दिन सकिएको छैन, स्थानीय तहको बजेट कटौती स्थानीय सरकारलाई कमजोर बनाउनु हो,' उनले भने ।
गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सरकारले संविधान विपरीत वित्तीय समानीकरणको बजेट कटौती गरेको आरोप लगाए । उनले चालु आर्थिक वर्षको अन्त्यमा आफूहरूलाई बजेट भुक्तानीको दबाब पर्ने भन्दै बजेट अभावमा निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी दिन समस्या हुने स्पष्ट उनीहरूले स्थानीय तहमा अनुदान रकम नगएमा आफूहरू आन्दोलनमा जान बाध्य हुनेसमेत बताए ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया