गण्डकीका मुख्यमन्त्री पोखरेलले मागे विश्वासको मत
काठमाडौँ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत मागेका छन् । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेर मत मागेका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै उनले प्रदेश सभामा विश्वासको मत मागेका हुन् ।
नेपालको संविधान धारा १६८(५) अनुसार मुख्यमन्त्री भएको व्यक्तिले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासो मत लिनुपर्ने प्रावधान छ । गत बैशाख २९ गते संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि जेठ २९ मा पोखरेल मुख्यमन्त्री बनेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ प्रदेश सभा सदस्यको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद छन् । जनमोर्चाले कृष्ण थापालाई पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पद गुमेपछि तीन सदस्यबाट २ सदस्य भएको हो ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया