गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ : मनिष झा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टीकापुर, बाँसबारी जग्गा प्रकरणको छानबिन गरेको भन्दै भुटानी शरणार्थी प्रकरणको पुनः छानबिन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् ।
उनले सहकारी प्रकरणमा आफूहरूले ससर्त छानबिन समिति बनाउन तयार रहेको जनाएको र त्यही आधारमा अहिले संसदीय छानबिन समिति बनेको धारणा राखे । आफूहरू प्रशस्तै विकल्प छाडेर देशका लागि केही गर्न राजनीतिमा होमिएको उनले बताए ।
सांसद झाले संसदमा बोल्ने क्रममा केही नेताहरूले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे ।
लामो समय संसद् अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद् खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए ।

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

प्रतिक्रिया