एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।
'जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,' उनले भने, 'अधिवेशन गर्न बाँकी जिल्लाहरूको यही महिनाभित्र सकाउँछौँ ।' उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेश प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया