सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काँग्रेसको माग

काठमाडौँ - नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले यस्तो माग गरेका हुन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले व्यक्तिगत रुपमा दिएका कांग्रेसका अरु नेता र आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताए । 

उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ, देशद्रोहको मुद्दा लगाउनुपर्छ, थुन्नुपर्छ ।'  

गृहमन्त्री बरालिए भन्दैमा आफूहरू काँग्रेस नबरालिने उनले बताए । उनले गृहमन्त्रीले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग हिसाबकिताब माग्ने बताए । ‘हामीले त हिसाब–किताब लिनैपर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ, होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख घिमिरे

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग