सामसङको चिप प्रणाली बिडमा मूल्य निर्धारण गरेको आरोपमा १२ फर्मलाई जरिवाना
काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले सामसङ एसडीएसको सेमीकन्डक्टर अनुगमन र नियन्त्रण प्रणालीमा बिडिङ मूल्यहरू निर्धारण गर्न मिलेमतो गरेको भन्दै १२ कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।
दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले १२ स्वदेशी कम्पनीहरूलाई संयुक्तरुपमा ७.५५ मिलियन अमेरिकी डलर जरिवाना लगाउने निर्णय गरेको आईएएनएसले जनाएको हो ।
फेयर ट्रेड कमिसनले जनाएअनुसार पीएस इएनजी, डायन सीएन्डआई, डूटा आईटीसँगै अन्य नौ कम्पनीहरूले सन् २०१५ देखि २०२३ सम्म सामसङद्वारा जारी गरिएका कुल ३ सय ३४ बोलपत्रहरूमा कोटेशनको बारेमा पूर्व छलफल मार्फत विजेता बोलपत्रकर्ता निर्धारण गर्न मिलेर काम गरेका थिए ।
सामसङले २०१५ मा लागत घटाउने लक्ष्यका साथ बिडिङ प्रणाली अपनाएपछि कम लागतको बिडिङ रोक्न र नयाँ आउनेहरूलाई ठेक्का जित्नबाट रोक्न उनीहरूले यस्तो गरेका दावी गरिएको छ ।

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

जापानको बेरोजगार दर २.५ प्रतिशत

प्रतिक्रिया