टी-ट्वान्टी विश्वकपः क्यानडामाथि अमेरिकाको शानदार जित

काठमाडौँ- आजबाट सुरु भएको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो खेलमा सह-आयोजक अमेरिकाले क्यानडामाथि शानदार जित दर्ता गरेको छ ।
समूह 'ए' अन्तर्गत डल्लासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि चाहिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा केवल ३ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाको जितमा आरोन जोन्सले ४० बलमा अविजित ९४ रनको योगदान गरे । उनले ४ चौका र १० छक्का हिर्काए । एन्ड्रियास गाउसले ६५ रन बनाए ।
क्यानडाका लागि कलिम साना, डिलोन हेयलिगर र निखिल दत्तले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन जोड्यो । क्यानडाका लागि नभनित धलिवालले ६१ रन तथा निकोलास किर्टोनले ५१ रन बनाए ।
अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया