राहत र पुन:स्थापनाका लागि मेलम्चीको अपिल
काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले क्षति पुर्याएपछि पीडितलाई राहतका लागि मेलम्ची नगरपालिकाले अपिल गरेको छ । आज एक अपिल जारी गर्दै 'मेलम्ची बाढी पीडित राहत तथा पुन:स्थापना कोष' स्थापना गरेको छ ।
बाढीबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुन:स्थापना गर्न र क्षति भएका संरचना पुन:निर्माणका लागि नगरपालिकाले उक्त राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको छ ।
सहयोग गर्न इच्छुक व्यक्ति, संघ संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहहरुले नेपाल बैंक मेलम्ची शाखामा रहेको कोषको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा जम्मा गरिदिन नगरपालिकाले अपिल गरेको छ ।
असार १ गते हेलम्बु गाउँपालिका र मेलम्चीमा नगरपालिकामा आएको बाढी पहिरोले २० जना भन्दा बढी बेपत्ता छन् भने अर्बौँको भौतिक क्षति भएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया