सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

महिन्द्रा एण्ड महिन्द्रा एसयूभीको बिक्रीमा मे महिनामा ३१ प्रतिशतको वृद्धि

काठमाडौँ- भारतको अग्रणी अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्रा (एमएन्डएम) ले सन् २०२४ को मे महिनाको आफ्नो समग्र बिक्री तथ्यांक सार्वजनिक गरेको छ ।

जसअनुसार मे महिनामा महिन्द्रा एण्ड महिन्द्राको कुल बिक्री ७१ हजार ६ सय ८२ रह्यो र त्यसमध्ये निर्यातमा १७ प्रतिशतको वृद्धि भएको आईएएनएसले जनाएको छ ।

महिन्द्राले घरेलु बजारमा ४३ हजार २ सय १८ एसयूभी सवारी साधनहरूको बिक्री गर्‍यो जुन ३१ प्रतिशतको वृद्धि हो । उसले समग्रमा ४४ हजार २ सय ८३ सवारी साधनहरू निर्यात गरेको थियो ।

भारतमै कमर्सियल गाडीको बिक्री १९ हजार ८ सय २६ रहेको थियो ।