काठमाडौं र ललितपुरमा ५ देखि ९ घन्टासम्म बिजुली अवरूद्ध हुने

काठमाडौँ - काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार पाँचदेखि ९ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणले काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुल्चोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज काटिने जनाएको छ ।
मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।
प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।
निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया