सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान नपाइने

काठमाडौँ - सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । 

यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् । बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ । 

त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा बिभिन्न ठाँउमा रहेको जग्गामध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं अचल सम्पतिको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् । 

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले क्रिकेट सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाको भिसा प्रदान गर्नका लागि सरकारले पहल गरेपनि भिसा प्राप्त नभएको भन्दै भिसा दिन वा नदिने अधिकार नितान्त दूतावासको भएको बताइन् । उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् । 

प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढि मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् । 

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरुको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानमन्त्री ओली

संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेका छन्ः प्रधानम…

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री ओली

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान २.८ अर्ब स्वीकार गर्ने

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…