कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि

चितवन- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताए ।
'कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन शुद्धीकरण अभियानमा लैजाने तयारीमा छौँ,' नेता निधिले भने । संसदीय प्रणालीमा लोकतान्त्रिक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गरे । 'मुलुक मध्यावधि निर्वाचनमा जाने स्थिति देखिएको छैन,' उनले भने ।
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे विषयमा छलफल सकारात्मक रूपमा भइरहेको उनले जानकारी दिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया