दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री

काठमाडौँ- गर्मीको लहरको सामना गरिरहेको भारतको राजधानी दिल्लीमा बुधबार ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागले दिल्लीको तापक्रम ५२.३ पुगेको जानकारी दिएको हो ।
मौसम विभागका अनुसार दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो ।
उत्तर-पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेशनले बुधबार दिउँसो २.३० बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो ।
मंगलबार सोही स्टेशनमा ४९.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रमा पनि ४९.८ डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको थियो ।
उही समयमा, दिल्लीको दुई मौसम स्टेशनहरूमा रेकर्ड गरिएको तापक्रमको अघिल्लो रेकर्ड- एक दक्षिण दिल्ली र एक आर्य नगरमा मंगलबार पनि तोडिएको थियो ।
भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया