चार डीआईजीले पाए जिम्मेवारी

काठमाडौँ- केहि दिनअघि बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको पदस्थापन भएको छ । बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चार जना डीआईजीको जिम्मेवारी तोकेका हुन् ।
डीआईजी कृष्ण हरि शर्मा पोखरेल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् भने दानबहादुर कार्की प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।
त्यस्तै डा. मनोज कुमार केसी प्रहरी प्रधान कार्यालय विशेष ब्युरो पदस्थापन भएका छन् भने राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएका छन् ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया