यस्तो हुनेछ आज दिनभरको मौसम

काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशकालगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी,मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया