संसदीय दलका नेताको आधिकारिकतामा विवाद उठाउँदै सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्यहरूले आफ्नो पार्टीको संसदीय दलका नेताको आधिकारिताको विषय उठाउँदै बैठक बहिष्कार गरेका छन् ।
आजको बैठक प्रारम्भ हुनासाथ आफ्नो स्थानबाट उठेर नाउपाका पाँच सदस्यले विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत उक्त विरोधमा साथ दिएको थियो । सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि बोलेका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले संसद्मा पार्टीका बहुमत सदस्यले छनोट गरेको संसदीय दलको नेतामा घनश्याम चौधरी रहेको र दलका नेताबाट पार्टीका नाममा प्रदेश सरकारमा मन्त्री भएकालाई फिर्ता हुन पठाइएको पत्र कार्यान्वयन नगरिएकामा विरोध गरे । त्यसपछि प्रतिपक्षी नाउपा र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।
नाउपाभित्रको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन । पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ पक्षधर प्रदेशसभा सदस्य कैलाश चौधरी र टीका थापा प्रदेश सरकारमा मन्त्री छन् । पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर पाँच सदस्य भने विपक्षी बेञ्चमा छन् । प्रदेशसभामा सो पार्टीबाट सात जना सदस्य छन् ।
प्रतिपक्षी बेञ्चमा राप्रपाका एक सदस्य उपस्थित हुँदा सभामुख भण्डारीले आजको बैठकको बाँकी कारबाही अगाडि बढाए । बैठकमा आर्थिक मामिला मन्त्रीको तर्फबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरे ।
छलफलमा शिवसिंह ओली, सुरेन्द्रबहादुर पाल, धर्मराज पाठक, वीरबहादुर थापा, नरेशकुमार शाहीले भाग लिएका थिए ।

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

प्रतिक्रिया