१३ वर्षमा रेल विभागमा नौ महानिर्देशक, १०औँ को पर्खाइमा

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभागको महानिर्देशक केही दिनमा पठाउने बताएको छ । मन्त्रालयको सूचना अधिकृत सुभा श्रेष्ठले केही दिनमै विभागमा महानिर्देशक पठाउने तयारी भइरहेको जानकारी दिइन् । यसअघिका महानिर्देशक रोहित कुमार बिसुवालले जेठ ३ बाट अवकाश लिएपछि विभाग महानिर्देशकविहीन भएको छ ।
सरकारले २०६८ असार १ मा रेल विभाग गठन गरेको थियो । हालसम्म विभागले नौ जना महानिर्देशक पाइसकेको छ । विभागको पहिलो महानिर्देशक भएर राम कुमार लम्साल आएका थिए । उनी विभागको स्थापनासँगै आएर २०६९ मंसिर ६ गते बिदा भएका थिए । त्यसपछि योगेन्द्र कुमार राई २०६९ मंसिर १५ गते महानिर्देशक भएर आएका थिए । उनी २०७० कातिक १५ गतेसम्म काम गरे । यसैगरी विभागको तेस्रो महानिर्देशक भएर अनन्त आचार्य आए । उनी २०७० चैत २३ देखि २०७३ फागुन १८ सम्म विभागमा रहे ।
यस्तै विष्णु ओम वादे २०७३ फागुन १३ देखि २०७४ कातिक २६ सम्म विभागको महानिर्देशक भए । उनी पछि पुन अनन्त आचार्य विभागको महानिर्देशक भएर आए । आचार्य २०७४ कातिक १५ देखि २०७५ भदौ १९ सम्म महानिर्देशक भए । छैटौँ महानिर्देशक भएर बलराम मिश्र आए । उनी २०७५ भदौ २१ देखि २०७७ असोज १९ सम्म रहे । सातौँ महानिर्देशक भएर प्रमिला देवी शाक्य बज्राचार्य आइन् । उनी विभागको पहिलो महानिर्देशक थिइन् । उनी २०७७ असोज १९ देखि २०७८ असार १७ सम्म विभागमा रहिन् ।
यस्तै आठौँ महानिर्देशक भएर आए दीपक कुमार भट्टराई । उनी २०७८ असार २० देखि २०७९ साउन १७ सम्म महानिर्देशक भए । उनी पछि आए रोहित कुमार बिसुवाल उनी २०७९ भदौ २ देखि २०८१ जेठ ३ गतेसम्म महानिर्देशकको भए । उनले अवकाश लिएपछि विभाग १०औँ महानिर्देशक पर्खिरहेको छ ।

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

प्रतिक्रिया