भारत लैजान लाग्दा १८१ किलो गाँजासहित चालक शेर्पा पक्राउ

काठमाडौँ- मोरङ प्रहरीले १ सय ८१ किलो अवैध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । संखुवासभा चैनपुर नगरपालिका- १ का २७ वर्षीय लाक्पा दोर्चि शेर्पालाई १८१ किलो गाँजा र मिनि ट्रकसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले १८१ किलो गाँजासहित चालक शेर्पालाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले इकागजलाई जानकारी दिए ।
उनका अनुसार मंगलबार विराटनगर महानगरपालिका- १४ बाट राति साढे ११ बजे मिनी ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । ड्युटीमा खटिएका प्रहरीले रोकेको ट्रकलाई शंका लागेर खानतलासी गर्दा गाँजासहित चालक पक्राउ परेका हुन् ।
खाली सिलिण्डरले छोपेर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । लागू औषध कारोबारीले धेरैजसो गाँजाहरू पहाडी जिल्लाबाट ल्याउने गरेको उनले बताए ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

प्रतिक्रिया