बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

काठमाडौं आइपुगे भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्द्धन  श्रृंगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि  श्रृंगला बिहीबार बिहान काठमाडौं आइपुगेका हुन्। 

भ्रमणबारे प्रतिक्रिया दिने क्रममा उनले आफ्नो भ्रमण दुई छिमेकीबिचको मैत्री सम्बन्ध थप बिस्तारका लागि भएको बताए । त्रिभूवन अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई उनले भने, ‘आज म भेटघाटमा व्यस्त रहन्छु । मेरो पहिलो भेट परराष्ट्र सचिवसँग हुन्छ । त्यसपछि परराष्ट्रमन्त्री प्रदीव ज्ञवालीसँग भेटवार्ता गर्ने तयारी छ । अरु भेटघाट पनि हुन्छन् ।’

पछिल्लो एक वर्षमा भारतबाट काठमाडौं आएका  श्रृंगला उच्च कूटनीतिज्ञ हुन्।