भूकम्पपछिको पुनःनिर्माणका लागि २१ अर्ब ६० करोड बजेट

काठमाडौँ- सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण सम्पन्न गरी पुनःनिर्माणलाई तीव्रता दिन रु २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/२०८२ बजेट वक्तव्यमा सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवनलगायतका पूर्वाधारको शीघ्र पुनःनिर्माण गरिने उल्लेख छ । बजेट विनियोजन गरेसँगै सरकारले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिने घोषणा गरेको छ ।
विसं २०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा क्षति गरेको थियो । ती जिल्लामा अस्थायी आवास निर्माण जारी रहे पनि स्थायी आवास पुनःनिर्माणमा तीव्रता दिने बजेट वक्तव्यमा उल्लेख छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया