बजेटका पाँच उद्देश्य र प्राथमिकता के-के छन् ?

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्वजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
अर्थमन्त्री पुनका अनुसार कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री पुनले बजेट सार्वजनिक गर्दै यस बजेटका पाँच उद्देश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।
बजेटका पाँच उद्देश्य:
१- उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
२- निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३- मानव संसाधन विकास गर्नु,
४- स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका पाँच प्राथमिकता:
१- आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
२- कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
३- शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४- समावेशिता र सामाजिक सुरक्षा, र
५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ।

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_DccOBmefL5_iyfvpjb9ntt0jsyvkftfdaaz1njflw1shxlfqthkxzi0huo2qkhuvzmamb3z.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया