सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड बजेट

काठमाडौँ - सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले रु ९२ अर्ब ४३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा थप ६ सय ४५ किलोमिटर पाइप बिछ्याउने लक्ष्य रहेको अर्थमन्त्री पुनले बताए ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ३७ करोड लिटर फोहोर पानी संशोधन क्षमताको धोबीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सरकारले धोबीघाट, सल्लाघारी, बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्र निर्माण सुरु गर्ने भएको छ ।
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

प्रतिक्रिया