आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको बताएका हुन् ।
‘राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब हस्तान्तरण गरिने व्यवस्था मिलाएको छु,’ मन्त्री पुनले भने ।
उनले प्रदेशको लागि २५ अर्ब ८४ करोड र स्थानीय तहको लागि २ खर्ब ८ अर्ब ८८ करोड सशर्त अनुदानका लागि रकम विनियोजन गरिएको पनि बताए ।
र, यो पनि

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया