‘संसदीय छानबिन समिति गठन हुने’

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने भएका छन् । प्रतिनिधिसभाको आज अपरान्ह ४ बजे बस्ने बैठकबाट समिति गठन गरिने भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
आज बिहान बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक लेखकले प्रतिनिधिसभा बैठकबाट समिति गठन गरिने जानकारी दिए । समितिमा रहने सांसदहरूको नाम दिउँसो ३ बजेभित्र उपलब्ध गराइने उनले बताए ।
उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’
लेखकले कांग्रेसले उठाउँदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताए । उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी गर्ने र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिको बारेमा छानबिन गर्ने उनले बताए ।
संलग्न सबै व्यक्तिको छानबिन हुने तर कार्यादेशमा व्यक्तिको नाम जोड्न आवश्यक नरहेको निष्कर्षमा कांग्रेस पुगेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया