बजेट ल्याउन दिने विपक्षी दलहरूको निर्णय

काठमाडौँ - विपक्षी दलहरूको बैठकले बजेट ल्याउन दिने भएका छन् । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा यो सहमति भएको हो ।
पछिल्लो केही दिनयता विपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडानमा विपक्षी दल थियो भने नाम नराख्ने अडानमा सरकारी पक्ष थियो ।
विपक्षी दलको बैठकले मध्यमार्ग खोज्दै छानबिन समितिको कार्यादेशमा लामिछानेको सट्टा गोर्खा मिडियाको नाम राख्न सहमत भएपछि बजेटमा विपक्ष दलले अवरोध नगर्ने भएको हो ।
आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेको छ । संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया