साउदी लिगमा रोनाल्डोको कीर्तिमान

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन् । गएराति भएको लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए ।
यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्वाधिक ३४ गोल गरेका थिए ।
रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहँदै अल हिलालले जितेको छ ।
अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया