प्रिमियर लिगमा फर्किए यी तीन क्लब

काठमाडौँ- यस सिजनमा तीन क्लब लेस्टर सिटी आइपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन् ।
गएराति भएको प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो । साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहँदै रेलिगेसनमा परेको थियो ।
त्यसै गरि यस सिजनको च्याम्पियनसिपमा शीर्ष स्थानमा रहँदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ । लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो । लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो ।
त्यस्तै यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै आइपीएस टाउन २२ वर्षपछि प्रिमियर लिगमा फर्किएको छ । यस अघि २००२ मा आइपिएस टाउन रेलिगेसनमा परेको थियो ।
त्यस्तै यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया