१९ खर्ब हाराहारीमा बजेट आउँदै, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आज बजेट ल्याउँदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् ।
स्रोतका अनुसार यस पटकको बजेटको आकार करिब १९ खर्बको हुने बताइएको छ । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।
बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री पुन दुवैलाई रहेको छ ।
स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ । यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, पूर्व लडाकुलाई रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रममा पनि बजेटमा ल्याइँदैछ ।
त्यस्तै १० लाख जनालाई रोजगारी दिने कार्यक्रम बजेट समेटिएको छ भने विदेशबाट फर्किएका १ लाख युवालाई रोजगारी दिने कार्यक्रम बजेटमा समेटिएका छन् ।

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन
काठमाडौँमा सुनचाँदी व्यवसायीहरूको आज पनि प्रदर्शन

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

प्रतिक्रिया