‘रेल विभाग ड्राइभरविनाको बस जस्तै’ [फोटो/भिडियोसहित]

काठमाडौँ - रेल विभागमा महानिर्देशक नहुँदा कामकाज प्रभावित भएको छ । यसअघिका महानिर्देशक रोहित कुमार बिसुवालको अवकाश भएपछि विभाग महानिर्देशकविहीन भएको हो । अर्को निर्देशक कहिले आउने हो कुनै टुंगो नभएको विभागका सूचना अधिकारी सिडिई कमल कुमार शाहले बताए ।
महानिर्देशक नहुँदा दैनिक कामकाजमा समेत समस्या भएको उनको भनाइ छ । 'आर्थिक वर्षको अन्तिम अवस्था छ महानिर्देशकले गर्नै पर्ने विभिन्न कामहरू छन्' उनले भने' 'रेल विभाग ड्राइभरविनाको बस जस्तै भएको छ ।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पटक पटक ताकेता गर्दा पनि महानिर्देशक नपठाएको उनले गुनासो गरे । महानिर्देशक नहुँदा विभागका कर्मचारीहरूको कार्यालय आउने र जाने समय समेत आफूखुसी भएको एक कर्मचारीले बताए । 'यहाँ लथालिङ्ग छ को कति बेला आउँछ ठेगान नै हुँदैन', उनले भने, 'आउने एक दुई घण्टा बस्ने जाने गर्छन् ।'
विभागमा ३६ जनाको दरबन्दी भएपनि अहिले २६ जना मात्रै छन् । बिसुवालले जेठ ३ गतेबाट अवकाश लिएका थिए । मन्त्रालयका सूचना अधिकारी सुभा श्रेष्ठले केही दिनमै विभागमा महानिर्देशक पठाउने जानकारी दिइन् ।
भिडियो:
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_BubBj8bX1j_wphfjxvucnusspoz6uteb2qgeiohctz3j7iaghqazqoni5fvcyp9mdianmp2.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_tcqzrGGBzU_2uiiadeuageuniecok3fu4cimhy0rxh0eolggcm6ltfs3ldfqkwz7elpcd8i.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया