विदेश पुगेका नेपाली कामदार र विद्यार्थीले नेपालबाट सवारी चालक अनुमति पत्र लिन के-के गर्नुपर्छ ?

काठमाडौँ- धेरै नेपालीहरू वैदेशिक रोजगार र अध्ययनका लागि विदेश पुग्ने गरेका छन् । कतिपय नेपालीहरू कामदार र विद्यार्थी भिसामा पुग्छन् ।
कतिपयले आफ्नो परिचय खुल्ने कागजात लिएर पुग्छन् । केहीले भने विदेशमा पुगेर परिचय खुल्ने पत्र बनाएका छन् ।
विदेशमा पुगेर नेपाली सवारी चालकको अनुमति पत्रको महत्त्व थाहा पाउँछन् । उनीहरूले तुरुन्त सवारी चालक अनुमति पत्रको माग गर्न थाल्छन् । धेरैले सवारी चलाउने रोजगारी पाएको अवस्थामा नेपाली सवारी चालक अनुमति पत्र माग्ने गरेका छन् ।
कामदार भिसामा पुगेका नेपालीहरूले सवारी चालक अनुमति पत्र लिएर अरब तथा मलेसिया लगायतका मुलुक पुग्ने गरेका छन् । केहीले भने विदेश पुगेपछि नेपाली सवारी चालक अनुमति पत्रको माग गर्छन् ।
पछिल्लो समय धेरै जसो नेपाली कामदार विदेश पुगेपछि सवारी चालक अनुमति पत्रको खोजी गर्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले लिखित र ट्रायल परीक्षा पास गरिसक्दा पनि समयमा सवारीचालक अनुमति पत्र सेवाग्राहीलाई उपलब्ध गराउन सकेको छैन ।
यातायात व्यवस्था विभागका अनुसार विद्यार्थी भिसा र कामदार भिसामा गएकाले अर्जेन्सी सवारी चालक अनुमति माग गर्ने गरेका छन् । विदेशमा रहेका नेपालीले तुरुन्त सवारी चालक अनुमति पत्र लिन परेमा के-के गर्नुपर्छ ।
विद्यार्थी भिसामा पुगेका नेपालीले नेपालबाट सवारी चालक अनुमति पत्र पाउनका लागि एनओसी लेटर, भिसा, पासपोर्ट, टिकट र मञ्जुरी नामको पत्रसमेत पठाउनु पर्ने विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरुले जानकारी दिए । उनका अनुसार कामदार भिसामा गएकाको हकमा पासपोर्ट, भिसा र टिकट चाहिन्छ । विद्यार्थी भिसामा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका तथा युरोपेली मुलुक पुगेकाहरूले अर्जेन्सी सवारी चालक अनुमतिपत्र माग गर्ने गरेका छन् ।
सवारी चालक अनुमति पत्रको आवेदन अप्लाइ गरेको तीन दिन भित्रमा सेवाग्राहीका आफन्तले लाइसेन्स पाउने उनले जानकारी दिए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सुनचाँदी व्यवसायीले विराटनगरको आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

प्रतिक्रिया