पार्टीभित्रैका प्रतिपक्षीले सरकारविरूध्द भ्रम सिर्जना गरे : सञ्चारमन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सत्ताभित्रै जन्मिएका प्रतिपक्षीले सरकारप्रति भ्रम सिजर्ना गर्न खोजेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजिक एक कार्यक्रममा मन्त्री गुरुङले प्रतिपक्षी कमजोर भएका बेला सत्तापक्षभित्र नै प्रतिपक्षी जन्मीएर सरकारप्रति भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए ।
उनले कोरोना महामारीका कारण मुलुक अप्ठेरोमा रहेका बेला सवै एकतावद्ध हुनुपर्नेमा आफ्नै पार्टीभित्रका केहि व्यक्तिहरु विरोधमा उत्रेका कारण खुलेर काम गर्न नसकेको गुनासो गरे । पार्टीभित्र सत्ता र शक्तिकै कारण विवाद भएको हो भने सरकारका मन्त्रीहरु त्याग गर्न तयार रहेको भन्दै मन्त्री गुरुङले अहिले नै प्रधानमन्त्री वा सरकारको नेतृत्व परिवर्तन गर्न भने नहुने तर्क गरे ।
अहिलको अवस्थामा बर्तमान सरकारलाई कांग्रेसले पनि समर्थन गरेकाले पार्टीभित्रकै गैर राजनीतिक गतिविधीबाट सजक रहनुपर्ने उनको भनाइ छ ।

जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

प्रतिक्रिया